१.१६ प्रतिशतले घट्यो नेप्से, ६ अर्बको कारोबार हुँदा सबै उपसूचक राताम्य

२ मंसिर २०७८, बिहीबार १५:१४

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार शेयर बजार राताम्य भएको छ । आज नेप्से परिसूचक ३२.३९ अंकले घटेर २७६९.१३ विन्दुमा कायम भएको छ ।

नेप्सेमा सूचीकृत २२४ कम्पनीको ९८ लाख ६२ हजार ९४० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २७ करोड १८ लाख ६७ हजार २२९ रुपैयाँको कारोबार भएको ।

नेप्सेमा रहेका १३ उपसूचक नै आज राताम्य भएका छन् । सर्वाधिक रुपैयाँका आधारमा जीवन बीमा समूहको २२७ रुपैयाँले घटेको हो ।
आज सर्वाधिक कारोबार हुने कम्पनीमा एनटिसी रहेको छ । कम्पनीको आज एकैदिन ६० करोड ४४ लाख ५५ हजार रुपैयाँको कारोबार भएको हो । साथै मानुषी लघुवित्त र तेह्रथुम पावरको शेयरमा आज सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*