प्राइम लाइफको १५% लाभांश पाउन मंसिर ९ गतेसम्म कायम हुनुपर्ने

२ मंसिर २०७८, बिहीबार १४:१८

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले चौधौं वार्षिक साधारण सभा तथा शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज)को मिति तय गरेको छ ।

कम्पनीले १४ औं साधारण सभा मंसिर १९ गते आइतबारका दिन गर्ने भएको हो । साथै साधारण सभा प्रयोजन र लाभांश प्रयोजनका लागि कम्पनीले मंसिर १० गते एक दिन बुकक्लोज गर्ने भएको छ । जसअनुसार मंंसिर ९ गते कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउन योग्य मानिनेछ ।

कम्पनीको संचालक समितिले १५ प्रतिशत बोनस शेयर र शुन्य दशमलव ७९ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*