आरएसडिसी लघुवित्तको साधारण सभा मंसिर १० गते, यस्ता छन् एजेण्डा

२ मंसिर २०७८, बिहीबार १३:४५

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण मंसिर १० गते हुने भएको छ । कम्पनीले सभा एशियन होटल कालिकानगर बुटबल रुपन्देहीमा बिहान ९ बजे बस्ने गरी आव्हान गरेको हो ।

उक्त सभाले कम्पनीको हाल कायम चुक्ता पूँजी ७३ करोड १९ लाख ५९ हजार ७६५ रुपैयाँको ०.५२६३ प्रतिशतले हुने ३८ लाख ५२ हजार ४२० रुपैयाँ नगद लाभांश र १० प्रतिशतले हुन आउने ७ करोड ३१ लाख ९५ हजार ९७६ रुपैयाँ बराबरको बोनश शेयर गरी कुल १०.५२ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।

साथै सोही सभाले गत आर्थिक बर्षको प्रतिवेदन माथि छलफल गरि पारित गर्ने र आर्थिक बर्ष २०७७।०७८ को वार्षिक आर्थिक विवरण उपर छलफल गरी पारित गर्ने प्रस्ताव अगाडि लैजानेछ । साथै चालु आर्थिक बर्षका लागि लेखापरिक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने सभाको एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश प्रयोजनका लागि कात्तिक ३० गते नै बुक क्लोज गरिसकेको छ । जसअनुसार कात्तिक २९ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीले प्रस्ताव गरेको सोही प्रतिशत लाभांश पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*