निर्जीवन बीमा कम्पनीले ९१ करोड ५१ लाख नाफा कमाए : कसको कति ? (तथ्याङ्क सहित)

२ मंसिर २०७८, बिहीबार १३:३७

काठमाडौं । हाल संचालनमा रहेका २० निर्जिवन बीमा कम्पनीहरुमध्ये १८ कम्पनीले प्रथम त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेको छ । गत आर्थिक बर्षको तुलनामा निर्जिवन बीमा कम्पनीहरुको मुनाफा २ दशमलव १५ प्रतिशतले घटेको छ। गत आर्थिक बर्षमा ९३ करोड ५२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको निर्जिवन बीमा कम्पनीहरुले यस त्रैमासको अवधिसम्ममा ९१ करोड ५१ लाख रुपैयाँमा सिमित भएको छ ।

चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा १८ कम्पनीमध्ये चार कम्पनीको मुनाफा घटेको छ । चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा नेको इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र अजोड इन्स्योरेन्सको मुनाफा घटेको कम्पनीहरुले प्रकाशन गरेको तथ्याङ्कले देखाएको छ ।

नेको इन्स्योरेन्सको मुनाफा गत आर्थिक बर्षको तुलनामा ४२ प्रतिशत, एनएलजी इन्स्योरेन्सको मुनाफा ५ प्रतिशत, प्रुडेन्सियल इन्स्योरेनसको १० प्रतिशत र अजोड इन्स्योरेन्सको मुनाफा ७९ प्रतिशतले घटेको छ ।गत आर्थिक बर्षको असार मसान्तसम्मा मुनाफाको आधारमा अग्रस्थानमा रह्न सफल भएको कम्पनीको यस आर्थिक बर्षको पहिलो चरणमानै ४२ प्रतिशतले घटेको छ।

चालु आर्थिक बर्षको पहिलो त्रैमासको अवधिसम्ममा वृद्धिदरमा सबैभन्दा अग्रस्थानमा जनरल इन्स्योरेन्स कम्पनी रहेको छ । गत अर्थिक बर्षको तुलनामा कम्पनीको मुनाफा ६१ प्रतिशतले वृद्धि गरेर ३ करोड ८३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

सानिमा जनरल इन्स्योरेन्स कम्पनी वृद्धिदरको आधारमा दोस्रो स्थानमा रहेको छ । कम्पनीले गत आर्थिक बर्षको तुलनामा ५५ प्रतिशतले वृद्धि गरेर २ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।तेस्रोमा आइएमई जनरल इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले यस त्रैमासको आफनो खुद मुनाफा २३ प्रतिशतले वृद्धि गरेर ४ करोड ३५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

प्रथम त्रैमासको अवधिसम्ममा शिखरको अग्रता कायमै

चालु आर्थिक बर्षको प्रथम त्रैमाससम्मा प्रत्येक बर्षझै शिखर इन्स्योरेन्सको अग्रता कायमै नै रहेको छ ।यस त्रैमासको अवधिसम्ममा शिखर इन्स्योरेन्स कम्पनीले १३ करोड ३६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ।

दोस्रोमा प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा ८ करोड १५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।तेस्रोमा नेको इन्स्योरेन्स रहेको छ । कम्पनीको मुनाफा ४३ प्रतिशतले घटेपनि कम्पनी टप तीनमा पर्न सफल भएको छ । चालु आर्थिक बर्षको पहिलो त्रैमासको अवधिसम्ममा कम्पनीको खुद मुनाफा ७ करोड १९ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ।

कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार प्रभु इन्स्योरेन्स कम्पनीले ६ करोड ५४ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ६ करोड २० लाख रुपैयाँ, सगरमाथा इन्स्योरेन्सले ६ करोड १७ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ५ करोड ९५ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ५ करोड ८२ लाख रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्सले ५ करोड ४३ लाख रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्सले ४ करोड ३५ लाख रुपैयाँ र लुम्बिनी जनरल इन्स्योरेन्सले ४ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै , जनरल इन्स्योरेन्सले ३ करोड ८३ लाख रुपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्सले ३ करोड ६५ लाख रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले ३ करोड ९ लाख रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्सले २ करोड ६९ लाख रुपैयाँ, सानिमा जनरल इन्स्योरेन्सले २ करोड ४३ लाख रुपैयाँ, युनाईटेड इन्स्योरेन्सले १ करोड १९ लाख रुपैयाँ र अजोड इन्स्योरेन्सले १ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*