अभियान लघुवित्त ५६ लाख नोक्सानीमा, अधिकांश सूचक ऋणात्मक

२ मंसिर २०७८, बिहीबार १२:४४

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको नोक्सानी चुलिएको छ ।

गत वर्षको यसै अवधिमा २६ लाख ७ हजार रुपैयाँ नोक्सानीमा रहेको संस्था चालु आवको पहिलो त्रैमाससम्मा ५४ प्रतिशतले बढीले ५६ लाख ७९ हजा रुपैयाँ खुद नोक्सानी बेहोरेको छ ।

साथै यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने बढेको छ । गत वर्ष सोही अवधिमा ६७ लाख ३४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले ७३ प्रतिशतले बढेर २ करोड ५८ लाख ३६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

खुद ब्याज आम्दानी बढेपनि कम्पनीको संचालन मुनाफा भने ऋणात्मक नै रहेको छ । गत वर्ष २६ लाख ५६ हजार ऋणात्मक रहेको संचालन मुनाफा यस अवधिमा झनै बढेर ५६ लाख ७९ हजार ऋणात्मक रहेको छ ।

साथै यस अवधिसम्ममा कम्पनीको चुक्तापूँजी १५ करोड २५ लाख रुपैयाँ रहेकोमा जगेडा कोषमा २४ लाख ८८ हजार संचित भएको छ । साथै कम्पनीको मूल्य आम्दानी अनुपात (सिडि रेसियो) बढेर ९०७.७७ प्रतिशत कायम भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*