निक्षेप तथा कर्जा सुरक्षण कोषको सीइओ पदमा संचालक सहित १३ जनाले दिए आवेदन

२ मंसिर २०७८, बिहीबार १२:१४

काडमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा १३ जनाले दरखास्त दिएका छन् । जसमा कोषकै वहालवाला संचालक उपेन्द्र कुमार पौडेल र निर्वतमान सीइओले समेत सो पदका लागि आवेदन दिएका हुन् ।

कोषका निवर्तमान सीइओ विष्णुबाबु मिश्रलगायत, यम प्रसाद तिवारी, वासुदेव दाहाल, दिल बहादुर काफ्ले, कृषि विकास बैंकमा कार्यरत डा. सुरेश टण्डन, रमा नेपाल, गोविन्द प्रसाद दाहाल, कोषकै संचालक उपेन्द्र कुमार पौडेल, धरणीधर अधिकारी, मेघेन्द्र प्रकाश गिरी, प्रदिप भट्टराई, मुक्तिबहादुर खत्री र एनसेलमा कार्यरत रमेश घिमिरेले दरखास्त दिएका हुन् ।

कोषको रिक्त रहेको सीइओ पदका लागि गरिएको दरखास्त आह्वानको मंसिर १ गते बुधबार म्याद सकिसकेको छ । सोही पदमा कोषकै संचालक उपेन्द्र कुमार पौडेलले एक वर्ष कार्यकाल अझै बाँकी हुँदाहुँदै पनि सीइओ पदका लागि दरखास्त हालेर चर्चाको विषय बनेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*