फर्स्ट माइक्रोफाइनान्सको साधारण सभा मंसिर १६ गते, लाभांश पाउन आजसम्म कायम हुनुपर्ने

२ मंसिर २०७८, बिहीबार ११:३९

काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभाको मिति तय भएको छ । सभा मंसिर १६ गते आम्रपाली व्याङ्क्वेट भाटभटेनी काठमाडौमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले संचालक समितबाट प्रस्ताव गरे बमोजिम संस्थाको चुक्तापूँजीको १० प्रतिशतले हुने ८ करोड ७६ लाख ८१ हजार २ सय बोनस शेयर र शुन्य दशमलव ५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको संचालक समितिको बैठकले साधारण सभा प्रयोजन र लाभांश प्रयोजनका लागि बुकक्लोज मंसिर ५ गते गर्ने निर्णय गरिसकेको छ । जसअनुसार मंसिर ४ गतेसम्म कायम हुनुपर्नेमा ३ र ४ गते शुक्रबार र शनिबार परेको हुँदा कारोबार बन्द हुने भएको हुनाले आजसम्म नेप्सेमा कायम हुनु शेयरधनीले मात्र  कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश पाउनेछन् ।

साथै उक्त सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको प्रतिवेदन माथि छलफल, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्ने छ । साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियूक्ती र निजको पारीश्रमिक निर्धारण प्रस्ताव समेत पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*