छिमेक लघुवित्तको ३०% लाभांश दिने घोषणा

२ मंसिर २०७८, बिहीबार ११:१६

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीको मंसिर १ गते बसेको संचालक समितिको २६८ औं बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजी १ अर्ब ८३ करोड रुपैयाँबाट २७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर) गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत पाएपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीलाई वितरण गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*