नेप्से १६ अंकले बढ्दा कारोबार ७ अर्ब नाघ्यो, एनटिसिको सर्वाधिक कारोबार

१ मंसिर २०७८, बुधबार १५:१७

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजारमा सामान्य सुधार देखिएको छ । लामो समयपछि नेप्सेमा कारोबार समेत बढ्न पुगेको छ । आज नेप्से परिसूचक १६.९५ अंक अर्थात् ०.६१ प्रतिशतले बढेर २८०१.५२ विन्दुमा कायम भएको छ ।

नेप्सेमा सूचिकृत २२४ कम्पनीको १ करोड १९ लाख ४३ हजार ८५८ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८२० रुपैयाँको कारोबार भएको छ ।

साथै नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ६ कम्पनी बाहेकका सबै कम्पनीमा हरियाली छाएको छ । आज सर्वाधिक रुपैयाँका आधारमा अन्य समूहमा १०५ रुपैयाँले बढेको हो ।

त्यस्तै, आज सर्वाधिक कारोबार हुने कम्पनीमा नेपाल दूरसंचार (एनटिसी) रहेको छ । कम्पनीको आज एकैदिन ५८ करोड ६८ लाख ६२ हजार ९५५ रुपैयाँको कारोबार भएको हो । साथै आज ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*