आरम्भ चौतारी लघुवित्तको संचालक परिवर्तन

१ मंसिर २०७८, बुधबार १४:४३

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक फेरबदल भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा संचालक परिवर्तन भएको जनाएको हो ।

कम्पनीको संचालक समितिको कात्तिक ३० गते बसेको ११० औं बैठकले रिक्त रहेको संस्थापक समूहमा बुटवल उप महानगरपालिका वडा नं. ४ रुपन्देही निवासी विनोद ज्ञवालीलाई संचालक पदमा नियुक्त गरेको हो ।

यस अघि उक्त पदमा रहेका पुष्पराज ढकालले दिएको राजिनामा संचालक समितिको सोही बैठकले स्वीकृत गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*