सबैको लघुवित्तको खुद नाफामा उछाल, इपिएस कति ?

१ मंसिर २०७८, बुधबार १२:१२

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा खुद नाफामा सुधार ल्याएको छ ।

कम्पनीको सार्वजनिक गरेको विवरणअनुसार गत आवको सोही अवधिसम्ममा ६३ लाख ७७ हजार खुद नाफा कमाएकोमा चालु आवमा २३६ प्रतिशतले बृद्धि भएर २ करोड १४ लाख ५७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

त्यस्तै, यस अवधिमा कम्पनीले खुद ब्याज आम्दानी र संचालन मुनाफामा पनि बृद्धि गरेको छ । गत वर्षको तुलनामा चालु आवमा कम्पनीले खुद ब्याज आम्दानी २६२ प्रतिशत र संचालन मुनाफा २५० प्रतिशतले बढाएको छ । यस्तो आम्दानी र नाफा बृद्धि हुँदा कम्पनीको खुद नाफा बढ्न पुगेको हो ।

यस अवधिमा कम्पनीको कायम चुक्तापूँजी २७ करोड रहेकोमा जगेडा कोषमा ८ करोड २३ लाख रुपैयाँ संचित रहेको छ । साथै कम्प्नीको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ७९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ५१ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*