बजार खुलेको केही समयमा ४ हाइड्रोपावरको शेयरमा सर्किट, शेयरमूल्य कसको कति ?

१ मंसिर २०७८, बुधबार ११:५४

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार खुलेको केही समयमा नै नेप्सेमा कारोबारमा आएका २०१ कम्पनी मध्ये ४ हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

पञ्चकन्या माई हाइड्रोपावर र अपर तामाकोशीको अघिल्लो कारोबारको तुलनामा १० प्रतिशतले बृद्धि अर्थात शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, तेह्रथुम पावरको अघिल्लो कारोबार दिनको तुलनामा ९.९९ प्रतिशत अंक र मैलुङ खोला हाइड्रोपावरको ९.९८ प्रतिशत अंकले बढेको हो ।

सोही प्रतिशतले बृद्धि भई पञ्चकन्या माई हाइड्रोपावरको शेयरमूल्य यो समाचार तयार पार्दासम्म ३८८ रुपैयाँ ४० पैसा, अपर तामाकोशीको ७०५ रुपैयाँ ४० पैसा, तेह्रथुम पावरको ५८४ रुपैयाँ ७० पैसा र मैलुङ खोला हाइड्रोपावरको ५७९ रुपैयाँ ५० पैसा पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*