नेरुडे लघुवित्तको १ लाख कित्ता लिलामी शेयरमा आवेदन दिने आज अन्तिम मौका

१ मंसिर २०७८, बुधबार ११:२३

काठमाडौं । नेरुडे लघुवित्तले संस्थापक शेयर लिलामीमा आवेदन दिने आज (मंसिर १ गते) अन्तिम दिन रहेको छ । प्राइम कमर्सियल बैंकको स्वामित्वमा रहेको कम्पनीको १ लाख १३ हजार ५०० कित्ता संस्थापक शेयर लिलामी भर्ने आज अन्तिम दिन हो ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४ सय रुपैयाँ तोकिएको हुँदा आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्ने छ ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सानिमा क्यापिटल पुतलिसडक काठमाडौंमा आवेदन दिनु पर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*