सुन र चाँदी दुवैको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

१ मंसिर २०७८, बुधबार ११:२१

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । हिजो ५ सय रुपैयाँ बढेको सुन आज भने ५ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, मंगलबार प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको चाँदी बुधबार भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*