स्वालम्बन लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

१ मंसिर २०७८, बुधबार ११:१९

काठमाडौं । स्वालम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरमा आवेदन दिने आज (मंसिर १ गते) अन्तिन दिन रहेको छ । कम्पनीले संस्थापक समूह तर्फको ११ हजार ७५३ कित्ता शेयर कात्तिक २५ गतेदेखि लिलामीमा ल्याएको थियो ।

उक्त शेयर प्रतिकित्ता न्यूनतम मूल्य ६७५ रुपैयाँ तोकिएको हुदाँ आवदेन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी बिक्री प्रबन्धक एनआइबीएल लाजिम्पाट काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*