सगरमाथा इन्स्योरेन्स कम्पनीको मुनाफा १० प्रतिशतले बृद्धि, अधिकांश सूचाकहरुमा प्रगति (तथ्याङ्कसहित)

१ मंसिर २०७८, बुधबार ०९:२७

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको मुनाफा करिब ११ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । चालु आवको तीन महिनामा कम्पनीले खुद नाफा १०.११ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।

आज प्रकाशित पहिलो त्रैमासिक वित्तिय विवरण अनुसार कम्पनीको मुनाफा छ करोड १७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा यस्तो मुनाफा जम्मा पाँच करोड ५६ लाख मात्र थियो । कम्पनीको लगानी, कर्जा तथा अन्य आयमा भएको बृद्धि तथा कूल बीमा शुल्क आम्दानीमा बृद्धि भएका कारण मुनाफा बृद्धि भएको हो ।

कम्पनीको लगानी, कर्जा तथा अन्य आयबाट हुने आम्दानी ८८.४८ प्रतिशतले बृद्धि भएको छ । गत आवमा पाँच करोड ४२ लाख ७८ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आवको समीक्षा अवधीमा १० करोड २३ लाख रुपैयाँ त्यस्तो आम्दानी गरेको छ ।

कम्पनीको खुद बीमा शुल्क आम्दानी ३५.६५ प्रतिशतले बृद्धि भएको छ । गत आवमा १३ करोड रुपैयाँ खुद आम्दानी रहेकोमा चालु आवको पहिलो त्रैमासिक अवधीमा १७ करोड ७२ लाख रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको छ ।

कम्पनीको बीमा कोष समेत ६४.०३ प्रतिशतले बृद्धि भई एक अर्ब आठ करोड १३ लाख ७३ हजार पुगेको छ । तर, जगेडा कोष भने ८ प्रतिशतले घटेर ५० करोड ६२ लाख ७५ हजारमा सीमित हुन पुगेको छ । कम्पनीको समग्र कोषको आकार एक अर्ब ११ करोडभन्दा माथि छ ।

कम्पनीको बक्यौता दावी भुक्तानी दुई अर्ब पाँच करोड ५१ लाख ६२२ हजार रुपैयाँ छ । सोका लागि कम्पनीले ५५ करोड ११ लाख ६३ हजार रुपैयाँ असमाप्त जोखिम व्यवस्थाको लागि छुट्टाएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी २२.२१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५९.३१, प्रतिशेयर नेटवर्थ २५२.०९ रुपैयाँ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य २७५.३३ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*