राष्ट्रिय बीमा संस्थानलाई टेकओभर गर्ने बीमा समितिका अध्यक्ष सूर्य सिलवालको चेतावनी

३० कार्तिक २०७८, मंगलवार २३:५३

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले संस्थागत सुशासनमा पछाडि परेको सरकारी लगानीको राष्ट्रिय बीमा संस्थानलाई टेकओभर गर्ने चेतावनी दिएका छन् । संस्थानको हिजो ललितपुरको लगनखेलमा २० औं शाखा कार्यालयको उद्घाटनमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै अध्यक्ष सिलवालले नियामक निकाय हुनुको नाताले टेक ओभर गर्नेपर्ने अवस्थातर्फ जान लागेको चेतावनी दिएका छन् ।

शाखा कार्यालय उद्घाटन गर्दै अध्यक्ष सिलवालले भने, ‘महालेखा परिक्षकले कारवाही किन नगरेको भनेर सोधिराखेको अवस्था छ, अर्थसचिव देखि माथिल्लो लाइन एजेन्सीहरुले संस्थानभित्रको बारेमा धेरै प्रश्न गरिरहेका छन् ।’

वर्षौदेखि लेखा परिक्षण नगरी बार्षिक साधारणसभा समेत हुन नसकेको संस्थान जस्तै अन्य कम्पनीमा समस्या आएको भए उहिल्यै टेकओभर गरिसक्ने जानकारी दिँदै अध्यक्ष सिलवालले सरकारी लगानीमा सञ्चालित संस्थानमा टेकओभर गर्ने चेतावनी दिएका हुन् ।

अध्यक्ष सिलवालले संस्थानमा सञ्चालक समिति र कर्मचारी सबैको उत्तिकै दायित्व रहेको अब एक एक गरेर सबैसँग डेटलाईनभित्र बसेर काम गर्नुपर्ने अवस्था आएको बताए । अध्यक्ष सिलवालले आफूले गत असारदेखि समय दिँदा समेत संस्थान सुधारको मार्गमा अघि नबढेले बाध्यकारी अवस्था आउनसक्ने चेतावनी दिएका हुन् ।

अध्यक्ष सिलवालले संस्थानको चुक्ता पुँजि दुई अर्ब पुर्याउनु पर्नेमा सो समेत नियामक निकायको पुँजि बृद्धिको योजनामा संस्थान बाधक बनेको बताए ।

कार्यक्रममा संस्थानका अध्यक्ष गंगाराम कँडेलले कस–कसको के के भूमिका हो, उक्त भूमिका निर्वाह नगर्ने, सञ्चालक, बोर्ड, प्रशासक तथा तल्लो तहका कर्मचारीहरुको सुक्ष्म हिसाब किताब गर्ने समय आएको बताएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*