पहिलो त्रैमासमा नेपाल इन्स्योरेन्सले गर्यो यस्तो प्रगति, मुनाफा र कूल बीमा शुल्क आम्दानी दुवै बढ्यो

३० कार्तिक २०७८, मंगलवार २२:५९

काठमाडौं । नेपालकै सबैभन्दा पुरानो कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीले चालु आवको पहिलो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गरेको छ । वित्तिय विवरणमा कम्पनीले प्रगतिपथमा अघि बढेको देखिएको छ ।

कम्पनीको कूल बीमा शुल्क आम्दानी ३३ करोडबाट बृद्धि भई ३५ करोड पुुगेको छ । नेपाल इन्स्योरेन्स कम्पनीको बीमा व्यवसाय गत आवको समीक्षा अवधीको तुलनामा ७.४९ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, कम्पनीको खुद दावी भुक्तानी घटेको देखिएको छ । गत आवमा तीन करोडड ५७ लाख दावी भुक्तानी दिएको कम्पनीले चालु आवको तीन महिनाको अवधीमा तीन करोड ४० लाखमा सीमित हुन पुग्दा खुद दावी भुक्तानी ४.८१ प्रतिशतले घटेको देखिएको छ ।

कम्पनीको बीमा कोष ३६ प्रतिशतले बृद्धि भई ६२ करोड ३९ लाख १२ हजार पुगेको छ । कम्पनीको जगेडा कोषमा ४५ करोड दुई लाख रुपैयाँ संचिती छ । नेपाल इन्स्योरेन्स समग्र कोषको आकार एक अर्ब सात करोड ४१ लाख ७७ हजार पुगेको छ ।
कम्पनीको व्यवस्थापन खर्च १५.३० प्रतिशतले बृद्धि भई छ करोड ६६ लाख पुगेकोछ । त्यस्तै, खुद नाफा नौ प्रतिशतले बृद्धि भई पाँच करोड ९५ लाख ११ हजार आर्जन गर्न सफल भएका छ । अघिल्लो आवको समीक्षा अवधीमा कम्पनीको खुद नाफा पाँच करोड ४५ लाख ४४ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीमा जारी बीमा पोलिसीको संख्या समान जस्तै छ । गत वर्ष ३९ हजार २१७ वटा पोलिसी रहेकोमा यस वर्षमा ३९ हजार १८५ वटा बीमा पोलिसी रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १९.१६ रुपैयाँ, आम्दानी खर्चको अनुपात ४२.०१, प्रतिशेयर नेटवर्थ १८६.४६ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य ३५२.६३ रुपैयाँ रहेको छ ।

कम्पनीको दावी भुक्तानी बक्यौता रकम एक अर्ब २२ करोड २६ लाख ३७ हजार रुपैयाँ रहेको छ । सोका लागि कम्पनीले करिब ४४ करोड रुपैयाँ असमाप्त जोखिम बापतको लागि छुट्टाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*