लुम्बिनी जनरल इन्स्योरेन्सको अंधिकाश सूचकमा सामान्य सुधार

३० कार्तिक २०७८, मंगलवार २२:४५

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले पहिलो त्रैमााससम्ममा १९ करोड ९६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत बर्षको सोहि अवधिमा १९ करोड ७८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ० दशमलव ९१ प्रतिशतले वृद्धि भएको हो ।

गत आर्थिक बर्षको तुलनामा० दशमलव २३ प्रतिशतले वृद्धि गरि कम्पनीले ४ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी ४ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब १९ करोड रुपैयाँ, जगेडा कोषमा ३४ करोड ३७ लाख रुपैयाँ र बीमा कोषमा ७५ करोड १७ लाख रुपैयाँ रहेको छ ।
यस त्रैमासम्ममा कम्पनीले ११ करोड ५८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । कम्पनीको प्रति शेयर आम्दानी १४ रुपैयाँ ३६ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १९४ रुपैयाँ १८ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*