२७ अर्बको जीवन बीमा कोष खडा गर्दै अघि बढ्यो एशियन लाइफ, तीन महिनाको विवरणमा कम्पनीको तथ्याङ्क

३० कार्तिक २०७८, मंगलवार १८:५७

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले २७ अर्ब रुपैयाँको जीवन बीमा कोष खडा गर्न सफल भएको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरण अनुसार गत आवको तीन महिनाको समीक्षा अवधीको तुलनामा २१.२२ प्रतिशतले जीवन बीमा कोष बृद्धि गर्न सफल भएको छ । गत आवको पहिलो त्रैमाससम्ममा जम्मा २३ अर्ब छ करोड रुपैयाँ जीवन बीमा कोषमा संचिती गरेकोमा चालु आवको समीक्षा अवधीको एक वर्षमा झण्डै छ अर्ब रुपैयाँ जीवन बीमा कोषमा योगदान गर्दै २७ अर्ब ९५ करोड २९ लाख ७० हजार ३९३ रुपैयाँको जीवन बीमा कोष खडा गर्न सफल भएको छ ।

कम्पनीको जेगडा कोष ५६ प्रतिशतले बृद्धि गर्दै ९८ करोड ५९ लाख रुपैयाँ संचित गरेको छ भने महाविपत्ति कोषमा १० कराड चार लाख रुपैयाँ बचत गरेको छ । कम्पनीको कूल कोषको आकार २९ अर्ब तीन करोड ९३ लाख ९२ हजार ७५७ रुपैयाँ पुर्याउन सफल भएको छ ।

तीन महिनाको विवरण अनुसार कम्पनीले खुद बीमा शुल्क ८.५ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । गत आवको तीन महिनामा कम्पनीले एक अर्ब ४५ करोड रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेकोमा चालु आवको समीक्षा अवधीमा एक अर्ब ५७ करोड ९९ लाख संकलन गर्न सफल भएको छ । कम्पनीको खुद दावी भुक्तानी ५८ प्रतिशतले बृद्धि भई ३५ करोड ८८ लाख भुक्तानी भएको छ ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तीन महिनामा लगानी, कर्जा तथा बीमालेख धितोकर्जाबाट ६३ करोड २१ लाख रुपैयाँ आम्दानी गरेको छ । उक्त आम्दानी अघिल्लो आवको तुलनामा १०.९६ प्रतिशतले बढि हो । कम्पनीको व्यवस्थापन खर्च ६.९३ प्रतिशतले बृद्धि भई ११ करोड ५१ ला रुपैयाँ छ ।

चालु आवको तीन महिनामा कम्पनीले आफ्ना अभिकर्ताहरुलाई १९ करोड ८८ लाख रुपैयाँ वितरण गरेको छ । अघिल्लो आवको समीक्षा अवधीको तुलनामा ४.६६ प्रतिशतले बढि हो । साथै कम्पनीको खुद नाफामा समेत बृद्धि भएको छ ।

कम्पनीको हालसम्म कायम बीमा पोलिसीको संख्यामा पनि बृद्धि भएको छ । गत आवमा तीन लाख ८५४ वटा पोलिसी रहेकोमा चालु आवको तीन महिनामा तीन लाख ३२ हजार ४३७ वटा बीमा पोलिसी कायम रहेको देखिएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १९.१६ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १५४.०३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६१.३४ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य १८८२.९५ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*