सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा

३० कार्तिक २०७८, मंगलवार १७:०९

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशलन लिमिटेड संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २६ हजार ३५८ कित्ता शेयर बिक्रीमा गर्ने लागेको हो ।

उक्त शेयरको मूल्य प्रतिकित्ता २०४ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ ।

विद्यमान संस्थापक शेयरधनीलाई मात्र खरिद गर्ने पाउने उक्त आज (कात्तिक ३० गते) देखी लिलामी प्रक्रियामा बिक्री गर्ने लागेको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित गरेको मितिले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आवेदन पेश गर्ने सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*