महिला लघुवित्तको बम्पर लाभांश पाउन बुकक्लोजको मिति तय

३० कार्तिक २०७८, मंगलवार १७:०३

काठमाडौं । महिला लघुवित्तले साधारण सभा तथा शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज) को मिति तय गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ४७.५ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद लाभांश गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सोही लाभांश प्रयोजनका लागि कम्पनीले मंसिर १६ गते बुकक्लोज गर्ने भएको छ । जसअनुसार कम्पनीले प्रस्ताव गरेको उक्त बम्पर लाभांश मंसिर १५ गतेसम्म कायम शेयरधनीले मात्र पाउनेछन् ।

सोही प्रतिशत लाभांश पारित गर्न कम्पनीले चौथो वार्षिक साधारण सभा मंसिर २२ गते हिमालयन दृश्य रिर्सोट धुलिखेलमा बिहान १० बजे बस्नेगरी आह्वान गरेको छ । उक्त सभामा मंसिर १५ गतेसम्म कायम शेयरधीले भाग लिन र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*