नेप्सेमा मेगा म्युचुअल फण्ड–१ सूचिकृत

३० कार्तिक २०७८, मंगलवार १६:५१

काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडको सामूहिक लगानी कोष योजना अन्तर्गतको मेगा म्युचुअल फण्ड–१ नेप्सेमा सूचिकृत भएको छ ।

कम्पनीले सर्वसाधारण समक्ष मेगा क्यापिटल मार्केट्स लिमिटेड मार्फत् १५ करोड ५० लाख इकाई निष्काशन गरेको थियो । सोही इकाई आज नेप्समा सूचिकृत भएको हो ।

सूचिकृतपश्चात भोलिदेखि नै उक्त म्युचुअल फण्ड दोस्रो बजारमा कारोबारमा आई लगानीकर्ताहरुले खरिदबिक्री गर्न पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*