पहिलो त्रैमासमा अजोड इन्स्योरेन्सको व्यवसाय २५ प्रतिशतले बृद्धि, आम्दानीमा बृद्धि हुँदा अन्य सूचांक यस्तो

३० कार्तिक २०७८, मंगलवार १६:५४

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशित गरेको वित्तिय विवरण अनुसार निर्जिवन बीमाको व्यापार २५.०५ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले चालु आवको तीन महिनामा अघिल्लो आवको तुलनामा कूल बीमा शुल्क आम्दानी आठ करोड भन्दा बढिले बृद्धि गर्न ४१ करोड ४९ लाख ६९ हजार पुर्याउन सफल भएको छ ।

बीमा व्यवसाय विस्तार गरेपनि कम्पनीको दावी भुक्तानीको लागि २२ करोड रुपैयाँ छुट्टाएको कारण मुनाफा भने घटेको छ । कम्पनीको बक्यौता दावी भुक्तानी एक अर्बभन्दा बढि छ । कम्पनीको समग्र कोषको अवस्था करिब ३६ प्रतिशतले बृद्धि भएको छ । गत आवमा १६ करोड ७२ लाखको बीमा कोष, महाविपत्ति कोष र जगेडा कोष बनाएको कम्पनीले चालु आवको तीन महिनासम्ममा उक्त कोषको समग्र आकार २२ करोड ७३ लाख पुर्याएको छ ।

कम्पनीको दावी भुक्तानी ९८.८८ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले आफैले स्वीकार गरेको दायित्वमा जोखिममा परेकाले दावी भुक्तानी बढेको हो । कम्पनीले चालु आवको तीन महिनामा व्यवस्थापन खर्च समेत घटाउन सफल भएको छ । गत आवको तीन महिने समीक्षा अवधीको तुलनामा कम्पनीको व्यवस्थापन खर्च ०.९३ प्रतिशतले घटेको छ । कम्पनीले चालु आवमा पाँच करोड ३३ लाख रुपैयाँ व्यवस्थापनमा खर्च गरेको छ ।

 

उता, कम्पनीले कर्जा, लगानी तथा अन्यबाट आय प्राप्त आम्दानी २५.७५ प्रतिशतले बृद्धि भएको छ । गत आवको तीन महिनामा दुई करोड ९३ लाख रुपैयाँ कमाएको कम्पनीले चालु आवको तीन महिनामा तीन करोड ६९ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

कम्पनीको जारी बीमा पोलिसी संख्यामा ह्रास आएको छ । गत आवमा २३ हजार ३३८ वटा बीमा पोलिसी जारी गरेकोमा चालु आवको तीन महिनामा १६ हजार १९३ वटा पोलिसी मात्रै जारी गरेको छ ।

कम्पनीको खुद बीमा शुल्क घटाएको छ । गत आवको तुलनामा पुनर्बीमा गरी जोखिम कम लिएकोले खुद बीमा शुल्कमा केही कटौति भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*