हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको कूल बीमा शुल्क १३० प्रतिशतले बृद्धि, खुद नाफा बढ्यो

३० कार्तिक २०७८, मंगलवार १६:२०

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको कूल बीमा शुल्क आम्दानी उल्लेख्य रुपमा बृद्धि भएको छ । गत वर्ष खराव व्यवसाय हटाउने अभियानमा रहेको कम्पनीको व्यवसायमा गिरावट आएको देखिएको थियो । कम्पनीले आज प्रकाशित गरेको चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरणमा कम्पनी सुधारको मार्गमा अघि बढेको देखिएको छ ।

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको कूल बीमा शुल्क आम्दानी १३०.४४ प्रतिशतले बृद्धि भएको छ । गत आवको तीन महिनामामा १८ करोड ४३ लाख ११ हजार रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको कम्पनीले चालु आवको समीक्षा अवधीमा ४२ करोड ४७ लाख ३० हजार रुपैयाँ कूल बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । कम्पनीले सोही अवधीमा खुद बीमा शुल्क आम्दानी ४.८५ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । गत आवमा ८ करोड ३८ लाख रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको कम्पनीले समीक्षा अवधीमा ८ करोड ७९ लाख ४१ हजार रुपैयाँ खूद बीमा शुल्क आम्दानी गरेको छ ।

कम्पनीको लगानी, कर्जा तथा अन्य आयमा सामान्य गिरावट आएको छ । गत आवमा ४ करोड ७९ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आवको तीन महिना अवधीमा चार करोड १८ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको व्यवस्थापन खर्च २२ प्रतिशतले बृद्धि भएको छ । गत आवमा चार करोड १६ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको कम्पनीले चालु आवको तीन महिनामा पाँच करोड १२ लाख रुपैयाँ खर्च गरेको छ ।

कम्पनीको खुद नाफा २.४७ प्रतिशतले बृद्धि भएको छ । गत आवको तीन महिनामा दुई करोड ६२ लाख खुद मुनाफा आर्जन गरेको कम्पनीले चालु आवको तीन महिनामा दुई करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको हालसम्म कायम बीमा पोलिसी संख्या २३ हजार ३३८ बाट घटेर १६ हजार १९३ मा झरेको छ ।

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी ९.७९ रुपैयाँ, पिई अनुपात ६७.१८, प्रतिशेयर नेटवर्थ १८८.६१ रुपैयाँ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य २५०.५९ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*