नेप्सेमा छायो हरियाली, ६९ अंकले बढ्दा कारोबार ५ अर्बमा सीमित

३० कार्तिक २०७८, मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ६९.२२ अंकले बढेर २७८४.५८ विन्दुमा कायम भएको छ । आज नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २.५५ प्रतिशतले बढेको हो ।

नेप्सेमा सूचिकृत २२७ कम्पनीको १ करोड ९३ हजार २२१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५२ करोड १६ लाख ५० हजार ८५६ रुपैयाँको कारोबार भएको छ ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा महालक्ष्मी विकास बैंक रहेको छ । बैंकको आज एकैदिन ३७ करोड २६ लाख ८८ हजार ४९८ रुपैयाँको कारोबार भएको छ । साथै आज नेपाल बंगलादेश बैंक, नेपाल दुरसंचार सहित ९ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*