महालक्ष्मी विकास बैंक सहित आज सर्वाधिक कारोबाट हुने टप १० कम्पनी

३० कार्तिक २०७८, मंगलवार १५:०८

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा सूचिकृत २२७ कम्पनीको १ करोड ९३ हजार २२१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५२ करोड १६ लाख ५० हजार ८५६ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्से ६६ अंकले बढेर हरियाली छाएको छ । तर कारोबार ५ अर्बमा मात्र सिमित हुन पुगेको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा महालक्ष्मी विकास बैंक रहेको छ । बैंकको आज एकैदिन ३७ करोड २६ लाख ८८ हजार ४९८ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, नेशनल हाइड्रोपावरको ३० करोड ४२ लाख, अपि पावरको २३ करोड ३६ लाख, लुम्बिनी विकास बैंकको १८ करोड २४ लाख र एनटिसीको १६ करोड ४३ लाख भन्दा बढीको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*