निर्धन उत्थान लघुवित्तको खुद नाफा १७२% ले बृद्धि, अधिकांश सूचकमा प्रशंसनीय सुधार

३० कार्तिक २०७८, मंगलवार १४:५२

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफामा आकर्षक सुधार देखिएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफा १७२.३० प्रतिशतले वृद्धि भइ २० करोड १९ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष सोही अवधिमा कम्पनी २७ करोड ९२ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

असोज मसान्तसम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि सुधार देखिएको छ । सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १७.३९ प्रतिशतले बढेर ५१ करोड ४४ लाख रुपैयाँ पुगको छ । अघिल्लो वर्ष २७ करोड ९२ लाख रुपैयाँ सञ्चालन नोक्सानमा रहेको कम्पनी यो त्रैमाससम्म आइपुग्दा सञ्चालन नाफा १६६.९० प्रतिशतले बढेर १८ करोड ६८ लाख रुपैयाँ पुगको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ६२ पैसाबाट बढेर ४७ रुपैयाँ ६५ पैसा र प्रतिशेयर नेटवर्थ ३१३ रुपैयाँ ०१ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*