पहिलो त्रैमासमा प्रुडेन्सियल इन्स्योरेन्सको अधिकाश सूचक घट्यो

३० कार्तिक २०७८, मंगलवार १३:४०

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको मुनाफा १० प्रतिशतले घटेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा ३ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।

गत वर्ष यसले ४ करोड ७ लाख १० हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको खुद बीमा शुल्क आर्जन पनि १३ दशमलव ४७ प्रतिशतले घटेर १२ करोड ३४ लाख रुपैयाँमा सिमित भएको छ। कम्पनीको बीमा कोषको आकार पनि घटेको छ ।

कम्पनीको हालको चुक्ता पुँजी ८ प्रतिशत र रिजर्भ कोष २७.३४ प्रतिशत ले बढेको छ । कम्पनीको हालको प्रतिसेयर आम्दानी १३ रुपैयाँ १७ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ ५९ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*