नागरिक लगानी कोषको खुद नाफा ३५.१३ प्रतिशतले वृद्धि

३० कार्तिक २०७८, मंगलवार १३:१७

काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफामा ३५.१३ प्रतिशतले वृद्धि भएको छ ।

गत वर्ष १४ करोड ५९ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा १९ करोड ७२ लाख ४२ हजार रुपैयाँ नाफा कमाएको छ ।

असोज मसान्तसम्म आइपुग्दा कम्पनीको ब्याज आम्दानी र सेवा शुल्क तथा कमिसन आम्दानीमा पनि सुधार देखिएको छ । सो अवधिमा कम्पनीको ब्याज आम्दानी ३ करोड १२ लाख रुपैयाँ बाट बढेर ५ करोड ८३ लाख रुपैयाँ पुगको छ भने सेवा शुल्क तथा कमिसन आम्दानी २८ करोड १२ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक २४ रुपैयाँ १३ पैसा र प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*