सन नेपाल लाइफको सबै सूचकमा सकारात्मक सुधार

३० कार्तिक २०७८, मंगलवार १३:१३

काठमाडौं । सन नेपाल लाइफले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिकृष्त वित्तीय विवरण सार्वजनिक गरेको छ। पहिलो त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन ४२ प्रतिशतले वृद्धि भएर ५७ करोड ४८ लाख रुपैयाँ रहेको छ। गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ४० करोड २८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो ।

यस त्रैमासको अवधिसम्ममा कम्पनीको मुनाफा ९८ प्रतिशतले वृद्धि भएर ५ करोड रुपैयाँ माथि पुगेको छ। गत वर्षको यहि अवधिमा २ करोड ५४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीले यस त्रैमासको अवधिसम्ममा ५ करोड २ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीको मुनाफा एक्चुरी भ्यालुएसन पश्चात् हेरफेर हुने छ ।

यस त्रैमासको अवधिमा खुद बीमाशुल्क आर्जन र मुनाफासँगै कम्पनीको जीवन बीमा कोष पनि बलियो भएको तथ्याङ्कले देखाएको छ। यस त्रैमासको अवधिसम्ममा कम्पनीले आफनो जीवन बीमा कोष ७५ प्रतिशले बढाएर २ अर्ब ६६ करोड रुपैयाँ संचिति गर्न सफल भएको छ।
कम्पनीले ४७ वटा बीमा दाबी वापतको ७ करोड ४६ लाख रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ कम्पनीको हालको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ छ भने जगेडा कोषमा ३५ करोड ५२ लाख रुपैयाँ रकम संचित रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*