छोटो अवधीमै युनियन लाइफको कोषमा झण्डै १० अर्ब संचिती, आम्दानीसहितका सूचांकहरु सकारात्मक

३० कार्तिक २०७८, मंगलवार १२:०३

काठमाडौं । पाँच वर्षअघि स्थापना भएको युनियन लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको छोटो अवधीमा नै झण्डै १० अर्बको कोष खडा गर्न सफल भएको छ । आक्रामक बीमा व्यवसाय गर्दै आएको युनियन लाइफले चालु आवको प्रथम त्रैमाससम्ममा नौ अर्ब ८३ करोड ३५ लाख दुई हजार ८५६ रुपैयाँको कोष खडा गर्दै आफूलाई अब्बल कम्पनीको रुपमा अघि बढाएको छ ।

आज प्रकाशित कम्पनीको पहिलो त्रैमासिक वित्तिय विवरण अनुसार कम्पनीको जीवन बीमा कोषमा आठ अर्ब ५८ करोड २० लाख ७७ हजा ६१७ रुपैयाँ जम्मा गरेको छ । गत आवको तुलनामा कम्पनीको जीवन बीमा कोष ६७.५८ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले गत आवको समीक्षा अवधीसम्ममा जम्मा पाँच अर्ब २१ करोड रुपैयाँको जीवन बीमा कोष रहेको थियो । युनियन लाइफको जगेडा कोष तथा महाविपत्ति कोष समाज ५४ प्रतिशतले बृद्धि भएको छ । कम्पनीको जगेडा कोष र महाविपत्ति कोषमा क्रमशः एक अर्ब १२ करोड र १२ करोड ५१ लाख रुपैयाँ रहेको छ ।

युनियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तीन अहिनामा एक अर्ब ८३ करोड ७५ हजार ४३२ रुपैयाँ खुद बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । गत आवको तुलनामा कम्पनीको खुद बीमा शुल्क आम्दानी २.०३ प्रतिशतले बृद्धि भएको छ । गत आवमा कम्पनीले एक अर्ब ७९ करोड ३६ लाख ९६ हजार ५७९ रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको थियो ।

कम्पनीको खुद दावी भुक्तानी ६१ प्रतिशतले बृद्धि भएको छ । गत आवको समीक्षा अवधीमा ३४ करोड ४६ लाख रुपैयाँ दावी भुक्तानी गरेको कम्पनीले चालु आवको तीन महिनामा ६२ करोड तीन लाख ९१ हजार ३४५ रुपैयाँ दावी भुक्तानी गरेको छ ।

कम्पनीले लगानी, कर्जा तथा जीवन बीमा पोलिसी धितोमा कर्जा प्रवाहबाट प्राप्त आम्दानी ४२.४९ प्रतिशतले बृद्धि भएको छ । गत आवमा १६ करोड ९४ लाख ८८ हजार ३२४ रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आवको तीन महिनामा २४ लाख १५ हजार ११ लाख २७५ रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको व्यवस्थापन खर्च केही बढेको छ । गत आवको समीक्षा अवधीमा १८ करोड रुपैयाँ खर्च गरेको कम्पनीले चालु आवको तीन महिनामा २२ करोड ७९ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको छ ।

युनियन लाइफले चालु आवको प्रथम त्रैमासमा मुनाफा ४२.५२ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले गत आवमा दुई करोड ४१ लाख खुद मुनाफा आर्जन गरेकोमा चालु आवको तीन महिनामा तीन करोड ४४ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।*

कम्पनीमा हाल कायम बीमा पोलिसीको संख्या एक लाख १० हजार चार वटा बीमा पोलिसी रहेको छ । कम्पनीको प्रति शेयर आम्दानी ६.४१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ९१.२०, प्रतिशेयर नेट वर्थ मूल्य १५८.२१ रुपैयाँ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य ५८३.७१ रुपैयाँ रहेको छ ।

*सम्पादन गरिएको ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*