सुन तोलामा ५ सय रुपैयाँले बढ्यो, प्रतितोला कति ?

३० कार्तिक २०७८, मंगलवार ११:५६

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । हिजो प्रतितोला ३ सय रुपैयाँले घटेको सुन आज भने प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघको अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै , सोमबार प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*