जीवन विकास लघुवित्तको खुद नाफा ३५.३९ ले वृद्धि, अन्य सूचक कस्तो ?

३० कार्तिक २०७८, मंगलवार ११:३२

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफामा सुधार देखिएको छ ।

पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफा ३५.३९ प्रतिशतले वृद्धि गरी १७ करोड ६६ लाख ९ हजार रुपैयाँ पुराएको छ । जुन गत वर्ष सोही अवधिमा कम्पनीको खुद नाफा १३ करोड ४ लाख ४६ हजारमा सिमित थियो ।

असोज मसान्तसम्म आइपुग्दा कम्पनीको खुद ब्याज ४४.२७ प्रतिशतले बढेर ३८ करोड ३४ लाख ९३ हजार पुुगेको छ भने सञ्चालन नाफा १५ करोड ८३ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ११६ रुपैयाँ ११ पैसा र प्रतिशेयर नेटवर्थ ३७१ रुपैैयाँ ७७ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*