बैंक अफ काठमाण्डूको साधारण सभा मंसिर २९ गते, बुकक्लोजको मिति तय

३० कार्तिक २०७८, मंगलवार ११:२७

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले साधारण सभा प्रयोजन र लाभांश प्रयोजनका लागि शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज) को मिति तोेकेको छ ।

कम्पनीको कात्तिक २९ गते बसेको संचालक समितिको २०८ औं बैठकले मंसिर १० गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार मंसिर ९ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

साथै सोही बैठकले कम्पनीको २७ औं वार्षिक साधारण सभा मंसिर २९ गते नेपाल प्रज्ञान प्रतिष्ठान, कमलादी, काठमाडौंमा गर्ने निर्णय गरेको छ । उक्त सभाले कम्पनीले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ४ प्रतिशत गरी कुल १४ प्रतिशत लाभांश उक्त सभाबाट पारित भएपछि मंसिर ९ गतेसम्म कायम शेयरधनीहरुमा वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*