शिवम् सिमेन्टको खुद नाफा २० करोड ८२ लाख माथि, इपिएस कति ?

३० कार्तिक २०७८, मंगलवार ११:१७

काठमाडौं । शिवम् सिमेन्टले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा गत वर्षको तुलनामा यो वर्ष घटेको छ ।

गत वर्ष २९ करोड १ लाख ३९ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफा २८.२३ प्रतिशतले घटेर २० करोड ८२ लाख ४५ हजार रुपैयाँँमा सिमित भएको छ । कर्जा पदार्थको खपतमा भएको खर्च १ अर्ब २४ करोड र अन्य खर्च पनि १६ करोडबाट बढेर २१ करोड रुपैयाँ पुग्दा नाफा घटेको देखिएको छ ।

असोज मसान्तसम्म आइपुग्दा कम्पनीको चुक्तापूँजी ४ अर्ब ४० करोड रुपैयाँ पुगको छ । समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ९३ पैसा र प्रतिशेयर नेटवर्थ २२७ रुपैयाँ ५९ पैसा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*