बिजय लघुवित्तको लाभांश घोषणा, कति दिदैछ बोनस र नगद ?

३० कार्तिक २०७८, मंगलवार १०:४३

काठमाडौं । बिजय लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीको संचालक समितिको १३९ औं बैठकले आर्थिक वर्ष २०७७।०७८ सम्मको संचित मुनाफाबाट असार मसान्तसम्म कायम चुक्तापूँजी २६ करोड ६५ लाख ९७ हजार रुपैयाँबाट २०.०३१ प्रतिशत बोनस शेयर र १.०५४ प्रतिशत नगद लाभांश गरी कुल २१.०८५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*