नेपाल लाइफको जीवन बीमा कोषमा एक खर्ब १८ अर्ब संचिती, तथ्याङ्कमा यस्तो देखियो नेपाल लाइफ

३० कार्तिक २०७८, मंगलवार ०९:३९

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तीन महिनासम्ममा जीवन बीमा कोषमा एक खर्ब १८ अर्ब रुपैयाँ संचित गर्न सफल भएको छ ।

कम्पनीले आज प्रकाशन गरेको चालु आवको पहिलो त्रैमासिक वित्तिय विवरण अनुसार नेपाल लाइफको जगेडा कोष ८६ प्रतिशतले घटेको छ भने महाविपत्ति कोष ७ प्रतिशतले बृद्धि हुँदा कूल कोषको आकार एक खर्ब २० अर्ब २६ करोड चार लाख ४३ हजार ४७५ रुपैयाँ पुगेको छ । नेपालको इतिहासमा बीमा कोषमा एउटै कम्पनीको खर्बभन्दा माथिको जीवन बीमा कोष बनाउने नेपाल लाइफ एउटा मात्रै कम्पनी हो ।

वित्तीय विवरण अनुसार नेपाल लाइफको जीवन बीमा व्यवसाय ९.२१ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले गत आवको तीन महिनामा आठ अर्ब ९२ करोड ५१ लाख ५२ हजार ६७२ रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेकोमा चालु आवको तीन महिनासम्ममा नौ अर्ब ७४ करोड ७१ लाख ९२ हजार ६५५ रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको छ ।

कम्पनीको खुद दावी भुक्तानी ९.९४ प्रतिशतले बृद्धि भएको छ । गत आवको समीक्षा अवधीमा तीन अर्ब ७६ करोड दावी भुक्तानी गरेको कम्पनीले चालु आवको तीन महिनामा चार अर्ब २६ करोड रुपैयाँ दावी भुक्तानी गरेको छ ।

नेपाल लाइफको लगानी, कर्जा, बीमालेख धितोमा प्रवाह भएको कर्जा र अन्य आयमा २३.६९ प्रतिशतले बृद्धि भएको छ । कम्पनीको आम्दानी गत आवको तीन महिनामा दुई अर्ब ४२ करोड रुपैयाँ रहेकोमा चालु आवको तीन महिनामा दुई अर्ब ९९ करोड ३४ लाख रुपैयाँ त्यस्तो आम्दानी गर्न सफल भएको छ ।

कम्पनीको व्यवस्थापन खर्च ८.१३ प्रतिशतले बृद्धि भएको छ । गत आवमा २० करोड १७ लाख ८७ हजार रुपैयाँ खर्च गरेको कम्पनीले चालु आवको तीन महिनामा २१ करोड ८१ लाख ९८ हजार रुपैयाँ व्यवस्थापन खर्च गरेको छ ।

कम्पनीले अभिकर्तालाई दिँदै आएको कमिशनमा समेत उल्लेख्य बृद्धि भएको छ । गत आवको तीन महिनामा ९६ करोड ८६ लाख रुपैयाँ आफ्ना अभिकर्तालाई वितरण गरेको कम्पनीले चालु आवको तीन महिनामा ९९ करोड ६१ लाख रुपैयाँ वितरण गरेको छ । यद्यपि बीमा अभिकर्ताले पाउने कमिशन र बीमा व्यवसायको बृद्धिको अनुपात नमिलेको देखिएको छ । बीमा व्यवसाय ९.२१ प्रतिशतले बृद्धि हुँदा बीमा अभिकर्ताले पाउने कमिशन जम्मा २.८४ प्रतिशतले मात्रै बृद्धि भएको देखिएको छ । नेपाल लाईफले आफ्ना अभिकर्ताको स्ल्यावमा गरिएको परिवर्तनको असर आज प्रकाशित वित्तिय विवरणमा प्रष्ट हुन पुगेको छ ।

कम्पनीको खुद नाफामा उच्च गिरावट आएको छ । बीमा समितिले फ्युचर बोनसको लागि प्रोभिजन गर्नुपर्ने व्यवस्थाको कारण कम्पनीको मुनाफामा गिरावट आएको हो ।

कूल सात अर्ब १९ करोड ९९ लाख ७० हजार ६६१ रुपैयाँ कूल चुक्ता पुँजि भएको नेपाल लाइफको प्रतिशेयर आम्दानी ०.३९ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १२०.८५ रुपैयाँ, पिई अनुपात ४३३८.०३ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य १८४६ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*