एनएलजी इन्स्योरेन्सको बीमा व्यवसाय २० प्रतिशतले बृद्धि, बीमा कोषमा अर्बबढि संचिती

३० कार्तिक २०७८, मंगलवार ०८:०२

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले चाल आवको प्रथम त्रैमासिक वित्तिय विवरण आज प्रकाशन गरेको छ । कम्पनीले चालु आवको तीन महिनामा निर्जिवन बीमा व्यवसाय २०.१३ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । कम्पनीले गत आवको तीन महिनामा कूल बीमा शुल्क आम्दानी ५६ करोड २५ लाख आठ हजार रुपैयाँ आम्दानी गरेकोमा चालु आवको पहिलो तीन महिनामा ६७ करोड ५७ लाख ६६ हजार रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको छ ।

कम्पनीको खुद बीमा शुल्क भने ५७ प्रतिशतले बृद्धि गरेको छ । गत आवमा २१ करोड १७ लाख खुद बीमा शुल्क आम्दानी गरेकोमा चालु आवको तीन महिनामा ३३ करोड ३० लाख रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको छ ।

एनएलजी इन्स्योरेन्स कम्पनीको बीमा कोषको आकार १३.६५ प्रतिशतले बृद्धि भएको छ । गत आवको समीक्षा अवधी सम्ममा जम्मा ९२ करोड ६९ लाख रुपैयाँ बीमा कोषमा संचित गरेकोमा चालु आवको पहिलो त्रैमाससम्ममा एक अर्ब पाँच करोड ३६ लाख ३५ हजार रुपैयाँ संचित गर्न सफल भएको छ ।

कम्पनीको जगेडा कोष १९ प्रतिशत बृद्धि भई ४५ करोड ९० हजार ७८ हजार पुगेको छ । कोरोना बीमाको कारण महाविपत्ति कोष घटेको कम्पनीको समग्र कोषको आकार एक अर्ब ५६ करोड ३७ लाख ९० हजार रुपैयाँ पुगेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीको बीमा कोष अन्य कम्पनीको तुलनामा निकै बलियो देखिएको छ ।

कम्पनीको खुद दावी भुक्तानी १० करोडबाट बढेर १७ करोड पुगेको छ भने व्यवस्थापन खर्च पाँच करोड ८१ लाख रुपैयाँबाट बढेर सात करोड ७१ लाख १६ हजार पुगेको छ । त्यस्तै खुद नाफामा सामान्य गिरावट आएको छ । कम्पनीको गत आवको तीन महिनामा छ करोड १३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीले चालु आवको तीन महिनामा पाँच करोड ८२ लाख ६० हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

एक अर्ब नौ करोड ६३ लाख ७६ हजार रुपैयाँ चुक्ता पाुँजि भएको कम्पनीको प्रतिशेयर आम्दानी २१.२६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४२.१०, प्रतिशेयर नेटवर्थ २४२.६३ रुपैयाँ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य ३८२.४४ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*