सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बीमाकोष ४ अर्ब नाघ्यो, बीमा व्यवसाय दोब्बर, सबै सूचांकमा प्रगति

३० कार्तिक २०७८, मंगलवार ०६:३७

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आ.व. २०७८÷०७९ को पहिलो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमाकोष १११.४०% ले वृद्धि भएर ४ अर्ब २४ करोड ५५ लाख पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीको जीवन बीमाकोष दुर्ई अर्ब ८२ लाख रहेको थियो ।

जीवन बीमाकोषको वृद्धिसंगै कम्पनीले आक्रामक रणनीति अवलम्बन गरेकाले व्यवसाय विस्तारमा समेत शत प्रतिशत वृद्धि गर्न सफल भएको छ । गत आवको आश्विन मसान्तसम्ममा कुल बीमाशुल्क ६२ करोड ८ लाख संकलन गरेकोमा यस आवको सोही अवधिमा एक अर्व २४ करोड ३२ लाख संकलन गर्न सफल भएको छ ।

समीक्षा अवधिमा कम्पनीले जगेडा तथा कोषको आकार पनि ५९ करोड १० लाखबाट करिव ४४% ले बढाएर ८५ करोड ३ लाखको उचाईमा पुर्याएको छ । यसका साथै कम्पनीले लगानी, बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा करिव ५१ प्रतिशतले वृद्धि गरी १६ करोड ५१ लाख पुर्याएको छ ।

कम्पनीको खुद बीमा शुल्क आम्दानी १०० प्रतिशतले बृद्धि गर्न सफल भएको छ । गत आवको तीन महिनामा ६० करोड ८६ लाख खुद बीमा शुल्क आम्दानी गरेकोमा समीक्षा अबधीमा दोब्बर भन्दा बढिले बद्धि गर्दै एक अर्ब २१ करोड ८६ लाख ७७ हजार रुपैयाँ खुद बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । व्यवसाय विस्तार गरेका कारण बीमा अभिकर्ताले पाउने कमिशनमा समेत ८९ प्रतिशतले बृद्धि भएको छ । गत आबमा ११ करोड रुपैयाँ कमिशन बुझेका अभिकर्ताहरुले चालु आवको तीन महिनामा२२ करोड चार लाख रुपैयाँ बुझेका छन् । कम्पनीको व्यवस्थापन खर्च ८२ प्रतिशतले बृद्धि भएको देखिएको छ भने खुद दावी भुक्तानी ११७ प्रतिशतले बृद्धि भएको छ । नयाँ कम्पनीले भएको विगतमा दावी भुक्तानी सारै न्यून हुने हुँदा यस्तो बृद्धि देखिएको हो ।

जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकम छ अर्व ८९ करोड मध्ये करिब ७२.४७% रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गर्न सफल भएको छ । यस अघि गरिएको दीर्घकालीन लगानीले भविष्यमा समेत उच्च दरमा प्रतिफल प्रदान गरी कम्पनीको स्थायित्वका लागि आधार स्तम्भ निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने देखिन्छ ।

हरेक विषम परिस्थितिलाई अवसरको रुपमा लिदै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी वनाउदै लैजाने उद्धेश्यका साथ कम्पनीबाट सञ्चालित विभिन्न अभियानहरु ‘डिजिटल सिटिजन अभियान’, ‘सिटिजन स्वरोजगार अभियान’ तथा बीमाको सचेतना बढाउन ‘जीवन बीमा जरुरी छ’, ‘विद्यार्थीसँग बीमा’, ‘गुरु सम्मान कार्यक्रम’ एवम नवीनतम जीवन बीमा योजना र व्यवसायिक तथा दक्ष कर्मचारी र सिटिजन लिडरहरु सहितको ‘सिटिजन टिम’ मार्फत कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*