लगनखेलको कर्मचारी संचय कोष भवनमा राष्ट्रिय बीमा संस्थान नयाँ शाखा विस्तार, उत्कृष्ट अभिकर्तालाई सम्मान

२९ कार्तिक २०७८, सोमबार १६:२३

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले ललितपुरको लगनखेलमा कर्मचारी संचय कोष भवनमा नयाँ शाखा विस्तार गरेको छ । ललितपुरको लगानखेलस्थित कर्मचारी संचय कोषभवनमा आफ्ना शाखा कार्यालयको औपचारिक रुपमा शुभारम्भ गरेको हो । समितिका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल र संस्थानका संचालक समितिका अध्यक्ष गंगा राम कडेलले उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन ।

बीमा समितिका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि सूर्य प्रसाद सिलवालले संस्थानलाई अन्य जीवन बीमा कम्पनी सरह बजारमा प्रतिस्पधीको रुपमा अघि बढ्न संस्थानलाई आग्रह गरेको छ । संस्थानलाई मजबुत र व्यवसायिक रुपमा अझ सशक्त बनाउन बीमा अभिकर्ताहरुलाई कसरी अघि बढाएर उनीहरुलार्य उत्प्रेरणामूलक तालिमममा सहभागि गराई व्यवसायमा अघि बढ्न सकिन्छ । त्यस तर्फ ध्यान दिन संस्थानलाई सुझाव दिएका छन् ।

सरकारी स्वामित्वमा रहेको संस्थानको हाल नेपालभर २२ वटा शाखा र २ शाखा औपचारिक रुपमा शुभारम्भ हुन बाँकी रहेको आगामी दिनमा पनि संस्थानले बीमा सेवा सहजताका लागि अन्य शाखा विस्तार गर्दै लैजाने संस्थानका प्रशासक कवि पाठकले बताए । उनले यस शाखा आगामी दिनमा पनि निरन्तर रुपमा उत्कृष्ट शाखाको रुपमा अघि बढ्दै जाने अपेक्षा लिएको बताए ।

संस्थानका अध्यक्ष गंगा राम कडेलले यस शाखा कार्यालयमा कार्यरत कर्मचारी र अभिकर्ताहरुलाई आगामी दिनमा उत्कृष्ट शाखाको रुपमा अघि बढ्दै जान शुभकामना व्यक्त गरे ।कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा शाखाका कर्मचारीहरुको र अभिकर्ताहरुको समेत उपस्थिती रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*