आशा लघुवित्तको ५ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

२९ कार्तिक २०७८, सोमबार १५:४१

काठमाडौं । आशा लघुवित्तको ५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।सभाले गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत बोनश शेयर र उक्त शेयरको कर प्रयोजनको लागि १ दशमलव ३१५७८९४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारीत गरेको छ ।

साथै सभाले लघुवित्तका अध्यक्ष निर्गुण प्रसाद भट्टचनले संचालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७७÷७८ मा गरेका कार्यक्रम तथा गतिविधिहरु बारे प्रकाश पारेका थिए ।
सभामा मुल्यांकनकर्ता तथा लेखापरिक्षकहरु नियुक्त गर्ने तथा गाभ्ने÷गाभिने वा प्राप्ती सम्बन्धित प्रचलित कानुन तथा निर्देशनहरु अनुरुप गर्नु पर्ने सम्पूर्ण आवश्यक कार्य, प्रकृयाहरु पुरा गरी अन्तिम स्वीकृत लिई कार्यान्वयन गर्ने र लेखा परिक्षक नियुक्ति सम्बन्धी प्रस्ताव अघि बढाईएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*