नेप्से २६ अंकले बढ्दा ४ अर्बमाथिको कारोबार, सबै उपसूचकमा नै छायो हरियाली

२९ कार्तिक २०७८, सोमबार १५:१२

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा हरियाली छाएको छ । आज नेप्से परिसूचक २६.४४ अंकले बढेर २७१५.३५ विन्दुमा कायम भएको छ ।

नेप्सेमा सूचिकृत २२८ कम्पनीको ८६ लाख ३६ हजार ६३६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड ४६ लाख ५१ हजार ४४४ रुपैयाँको कारोबार भएको छ ।

साथै आज नेप्सेमा रहेका १३ उपसूचकमा नै हरियाली छाएको छ । सर्वाधिक रुपैयाँका आधारमा जीवन बीमा समूहमा बृद्धि भएको छ भने प्रतिशतका आधारमा विकास बैंक समूहको बृद्धि भएको छ ।

त्यस्तै, आज सर्वाधिक कारोबार हुने कम्पनीमा आज महालक्ष्मी विकास बैंक रहेको छ । बैंकको आज एकैदिन ३५ करोड ४६ लाख ४० हजार ८२३ रुपैयाँको कारोबार भएको हो । साथै बोटलर्स नेपाल, मानुषी लघुवित्त, तेह्रथुम पावरको शेयरमा सर्किट लागेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*