आशा लघुवित्तको नयाँ संचालक समिति गठन, अध्यक्षमा निर्गुण प्रसाद भट्टचन

२९ कार्तिक २०७८, सोमबार १४:०८

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालक समिति गठन गरेको छ । कम्पनीको सम्पन्न पाँचौ वार्षिक साधारण सभाले संचालक समिति चयन गरेको हो ।

कम्पनीको कात्तिक २७ गते फल एण्ड ट्राउट भिलेज होटल एण्ड रेष्टुरेन्ट, ककनी, नुवाकोटमा सम्पन्न पाँचौ वार्षिक साधारण सभाले संस्थापक समूहअन्तर्गतको संचालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना संचालक र साधारण शेयर तर्फ गरी कुल ७ जनाको संचालक समिति गठन गरेको हो ।

साथै सभापश्चात सोही मितिमा बसेको संचालक समितिको ९७ औं बैठकले संचालक समितिको अध्यक्षमा निर्गुण प्रसाद भट्टचनलाई सर्वसम्म नियुक्त गरेको छ । साथै सभाले बाह्य लेखापरिक्षकमा के.एम.यू. एण्ड एसोशियट्सलाई पुनः नियुक्त गरेको छ ।

 

 

संचालक समितिको नामावली ः

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*