छिमेक लघुवित्तको खुद नाफामा उत्कृष्ट सुधार, अधिकांश सूचकमा बृद्धि

२९ कार्तिक २०७८, सोमबार १२:२६

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफा लगायत अन्य अधिकांश सूचकमा सुधार देखिएको छ ।

पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफा २३१.५४ प्रतिशतले बढेर २१ करोड ४१ लाख ६ हजार रुपैयाँ कमाएको छ । जुन गत वर्ष सोही अवधिमा कम्पनीको खुद नाफा ६ करोड ४५ लाख ८० हजारमा सिमित थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा सुधार आएको छ । सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २३.५० प्रतिशतले बढेर ५३ करोड ३८ लाख ६० हजार रुपैयाँ पुगेको छ भने गत वर्ष ४ करोड २८ लाख ११ हजार सञ्चालन नोक्सानमा रहेको कम्पनीको योवर्ष ३१ करोड ५२ लाख ४३ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ ।

असोज मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिशेयर आम्दानी ४६ रुपैयाँ ८० पैसा र प्रतिशेयर नेटवर्थ ६१ रुपैयाँ १४ पैसाले बढेर २७९ रुपैयाँ ६२ पैसा पुगको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*