२५% बोनस शेयरमार्फत पूँजी बृद्धि गरेको फरवार्ड माइक्रोफाइनान्सको यस्तो छ वित्तीय अवस्था

२९ कार्तिक २०७८, सोमबार १२:२२

ककाठमाडौं । फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्म ८ करोड ३९ लाख २४ हजार खुद नाफा गरेको छ ।

कम्पनीले गत वर्षभन्दा यस वर्ष खुद नाफा ६.१५ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू। ८ करोड ९४ लाख २७ हजार खुद नाफा गरेको थियो ।

यस वर्ष सञ्चालन नाफा पनि सोही अनुपातमा घटेको छ । गत वर्ष १४ करोड ५ लाख २८ हजार रुपैयाँ सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष १३ करोड १८ लाख ८० हजार रुपैयाँ नाफा गरेको हो ।

२५ प्रतिशत बोनस शेयरमार्फत पूँजी बृद्धि गरी ६२ करोड ५५ लाख १९ हजार र्पुयाएको कम्पनीले गत वर्षभन्दा ३३ प्रतिशत बढी अर्थात् १ अर्ब ३४ करोड ८२ लाख २ हजार जगेडा कोष रकम कायम गरेको छ ।

यस अवधिमा कम्पनीकपो वार्षिक प्रतिशेयर आम्दानी ५३ रुपैयाँ ६७ पैसा रहेको छ भने कम्पनीको प्रतिशेयर नेटवर्थ ३१५ दशमलव ५३ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*