सुन तोलामा ३ सय रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?

२९ कार्तिक २०७८, सोमबार १२:००

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । लगातार उकालो लागेको सुनको मूल्य आज भने तोलामा ३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार १ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, आइतबार प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको चाँदी सोमबार भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*