संचालन मुनाफा घट्दा स्वालम्बन लघुवित्तको खुद नाफा १७% ले घट्यो, इपिएस कति ?

२९ कार्तिक २०७८, सोमबार ११:३७

काठमाडौं । स्वालम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफा घटेको छ ।

यस अवधिमा कम्पनीको खुद नाफा १७.२५ प्रतिशतले घटेर १० करोड ५६ लाख ७९ हजार रुपैयाँमा सिमित भएको छ । गत वर्षको यसै अवधिमा कम्पनीले १२ करोड ७७ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो ।

समिक्षा अवधिमा कम्पनीको संचालन नाफा समेत घट्न पुगेको छ । गत वर्ष सोही अवधिमा २० करोड २७ लाख १० हजार रुपैयाँ संचालन नाफा आर्जन गरेकोमा यस अवधिमा कम्पनीले संचालन नाफा २३.८३% ले १५ करोड ४४ लाख १२ हजार रुपैयाँमा सिमित भएको छ ।
त्यस्तै, कम्पनीको खुद ब्याज आम्दानी भने बढेको छ । गत वर्षको सोही अवधिमा ३२ करोड ६७ लाख १४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यस अवधिमा १८.९५% ले बढेर ३८ करोड ८६ लाख ३० हजार रुपैयाँ पुगेको छ ।

साथै समिक्षा अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँले घटेर ४४ रुपैयाँ ८३ पैसा कायम भएको छ । साथै कम्पनीको प्रतिशेयर नेटवर्थ ३०३ रुपैयाँ ९ पैसा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*