सपोर्ट लघुवित्तको संस्थापक शेयर लिलामीमा

२९ कार्तिक २०७८, सोमबार ११:२३

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १५ हजार ८५० कित्ता शेयर लिलामीमा ल्याएको हो ।

शेयर प्रतिकित्ता न्यूनतम मूल्य ५५० रुपैयाँ तोकिएको हुँदा आवेदन दिदा सो वा सोभन्दा भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ ।

उक्त शेयर खरिद गर्ने चाहाने इच्छुक संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले मंसिर १३ गतेसम्म आवश्यक कागजात संकलन गरी कम्पनीको बिक्री प्रबन्धक श्री आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड टेकु काठमाडौंमा आवेदन दिन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*