आरम्भ चौतारी र देउराली लघुवित्तले भोलिदेखि एकिकृत कारोबार गर्ने

२९ कार्तिक २०७८, सोमबार ११:२१

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक ३० गतेदेखि एकिकृत कारोबार गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकको स्वीकृत पश्चात संचालक समितिको निर्णयअनुसार आरम्भ चौतारी लघुवित्तले इजाजतप्राप्त देउराली लघुवित्तलाई सम्पूर्ण सम्पत्ति तथा दायित्व आफूमा सार्ने गरी प्राप्ति (एक्विजिशन) गरिसकेको छ ।

जसअनुसार कात्तिक ३० गते भोलिदेखि दुवै संस्थाबाट संचालन हुँदै आएको सम्र्पूण वित्तीय कारोबार एकीकृत रुपमा आरम्भ चौतारी लघुवित्तको नामबाट संचालन हुने भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*